

भदौ २५ गते ,डोटी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक प्रसाद अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार दिपायलमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अग्रवालको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश आले, उपाध्यक्षमा शान्ति खड्का र टेकबहादुर मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार कठायत, कोषाध्यक्षमा भुपेन्द्र शाह निर्वाचित भएका छन् ।

सदस्यहरूमा तिलक बहादुर शाही, ईश्वरी बलायर, नर बहादुर दमाई, सिर्जना घले जोशी, खडक बहादुर मल्ल, रण बहादुर बलायर, प्रकाश मोहन श्रेष्ठ, पुतली देवी दमाई, कृष्ण बहादुर खड्का, सकराम खड्का र चक्र बहादुर बिष्ट सर्वसम्मत निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित अग्रवाल २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट उमेदवार थिए ।
निर्वाचन पश्चात् प्रतिक्रिया दिँदै अध्यक्ष अग्रवालले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताए ।
संघीयताका नाममा डोटी गौंडाको इतिहास, प्रशासनिक अड्डा लुट्ने कार्य भएको प्रति दुःख व्यक्त गर्दै उनले लुटेर, चोरेर र पद साटेर लगेको प्रशासनिक अड्डा पुनः डोटीमै फर्किनेमा आफू विश्वस्त रहेको उनले बताए ।
