

एकेन्द्र चन्द ,साउन १३ गते,डोटी: जोरायल गाउँपालिका–४ मा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहले आफ्ना २ सय ४१ जना उपभोक्ता परिवारलाई करिब १२ लाख बराबरको एलपी ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ। गाउँपालिकाको साबिकको लक्ष्मीनगर वडा नम्बर ४ ,५ र ६ का सम्पुर्ण उपभोक्ताहरुलाइ वन संरक्षण, दाउराको प्रयोग न्यूनीकरण तथा धुवाँका कारण हुने स्वास्थ्य समस्यालाई कम गर्ने उद्देश्यले उपभोक्तालाई एलपी ग्यास र चुलो वितरण गरिएको समूहले जनाएको छ। कार्यक्रमबाट विशेषगरी गरिब तथा विपन्न परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

लालिगुराँस समूहका अध्यक्ष जितेन्द्र बोहराले उपभोक्ताहरूको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै सामुदायिक वन संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । उहाँले ग्यास वितरणले महिलाको स्वास्थ्य सुधार, दाउराको खपत घटाउन तथा वन–जंगल संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । स्वच्छ भान्सा, स्वस्थ परिवार र हराभरा वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
ग्यास पाएपछी उपभोक्ताहरुले समयको बचत सघै धुवाँ दाउराको बचत लगायतको फाइदा हुने भन्दै खुशी भएका छ्न ।

