Sujang

रास्वपाका वडा सभापति कडायत सहित ६ जना काँग्रेसमा प्रवेश

Ban

फागुन १७ गते, डोटी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिपायल सिलगढी नगरपालिका–८ का वडा सभापति महा सिंह कडायत सहित छ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

Krishi

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै कडायतले काँग्रेस रोजेका हुन्।

निर्वाचन हुन चार दिन बाँकी रहेको समयमा उनी लगायतलाई काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार भरत बहादुर खड्का तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले औपचारिक रूपमा स्वागत गरेका थिए।

दिपायल सिलगढी नगरपालिका–८, लडागडामा आयोजित चुनावी सभामा वडा उपसभापति रमेश कडायत, सदस्य चक्र कडायत, खडक सिंह बिष्ट, चक्र सिंह बिष्ट र पदम बिष्ट लगायतले काँग्रेसमा आबद्धता जनाएको पार्टी सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
पार्टी प्रवेशका क्रममा कडायतले देश र जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले आफू त्यसमा समाहित भएको बताएका छन्। उक्त कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.