

फागुन १२,डोटी: नेपाली काँग्रेस डोटीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
प्रतिबद्धता पत्र मार्फत पार्टीले सुशासन, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, शिक्षा, स्वास्थ्य ,कृषि, सडक, पर्यटन , सञ्चार, उद्योग ,यातायात ,खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ।
प्रतिबद्वता पत्रमार्फत धनगढी-खुटिया-दिपायल फाष्टट्याक सडकलाई २ वर्षभित्र निर्माण सम्पन्नका लागि जोड दिइने,सहजपुर-बोगटान-दिपायल बोगटान सडकलाई यथाशीघ्र कालोपत्रे सम्पन्न गरिने, जेनजी लगायतका युवाहरूको प्रतिभा पलायन रोक्न उद्यमशीलता तथा युवा स्वरोजगार कार्यकम सञ्चालन गरिने,शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, पश्चिम सेती जलाशययुक्त परियोजना आयोजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल गरिने लगायत एजेन्डा रहेका छन्।
साथै डोटेली नागरिकप्रति जवाफदेही बन्न हेलो सांसद कार्यक्रम सञ्चालन गरिने समेत प्रतिबद्धता पत्र रहेको छ। भाषा, साहित्य, कला संस्कृतिमा जोड दिइने समेत उल्लेख छ ।

साथै जेनजिले उठाएका मागलाई आत्मसात गर्दै सुशासनको प्रत्याभूति र भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताका लागि शसक्त पहल गरिने भनीएको छ ।
जिल्लाका ग्रामीण सडकहरूको व्यवस्थित स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनमा ल्याउनका लागी प्राथमिकता दिइने उल्लेख छ । ‘डोटी हराभरा, हाम्रो अभिभारा नाराका साथ जिल्लालाई हरिख जिल्ला बनाउन पहल गरिने समेत प्रतिबद्धता पत्र उल्लेख रहेको छ।
नेपाली काँग्रेसका डोटीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत बहादुर खड्का रहेका छन्।
प्रतिबद्धता पत्रको पूर्णपाठ यस्तो रहेको छ।


