Sujang

डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते

Ban

फागुन १०, डोटी : डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट सिलगढीतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप आइतबार कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने ठाउँमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नबराज रावलका अनुसार दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ मेल्टा घर भएकी वर्ष ६६ कि जुना देबि साउँद, वर्ष १७ कि सिता साउँद, वर्ष १९ कि सरिता साउँद र बोगटान फुड्सिल ६ का २७ वर्षका जीप चालक तीर्थ बोगटी रहेका छन् ।

Krishi

घाइतेमध्ये जुना र सिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुनाको टाउको, दुवै खुट्टा र छातीमा चोटलागेको र सिताको टाउको, खुट्टा र छातीमा गम्भीर चोट लागेको बताईएको छ ।

त्यस्तै चालक बोगटीको घाँटीमा र अर्का घाइते सारदाको कम्मर, दुवै हात र वाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते चारै जनाको कानाचौर स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि धनगढी पठाईएको प्रहरी निरीक्षक रावलले बताए ।

बोलेरो जिप साईड दिने क्रममा ब्याक हुन गई सडकबाट १५० मिटर तल खसेको प्रहरी बताएको छ । घटनाकाे थप अनुसन्धान भईरहेको बताईएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.