Sujang

नेपाली काँग्रेस डोटीले आज मोटर साइकल र्याली गर्दै

Ban

फाल्गुन ६, डोटी : नेपाली काँग्रेसले डोटीले आज मोटर साइकल र्याली आयोजना गर्ने भएको छ ।

प्रतिनिधी सभा निर्वाचनको समयमा पार्टीभित्रको एकताको सन्देश दिने उद्धेश्यले र्याली आयोजना गर्न लागिएको नेपाल तरुणदल डोटीका अध्यक्ष टेक रावलले जानकारी दिए ।

Krishi

काँग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ तथा अन्य भातृ संगठनहरुको संयुक्त आयोजनामा र्याली निकालिने नेपाल तरुण दलका सभापति रावलले बताए ।
रावलका अनुसार शिखर, बडिकेदार र जोरायलबाट सहभागिता जनाउन शिखर नगरपालिकाको गहनान मोडमा दिउँसो ठिक १ बजे जम्मा हुन भनिएको छ ।
त्यस्तै दिपायल सिलगढी, पुर्विचौकी, आदर्श, सायल, केआईसिंह र बोगटानबाट सहभागिता जनाउन दिउँसो ठिक १२ः३० बजे पिपल्ला बजारमा जम्मा हुन सूचनामा उल्लेख गरिएको छ ।
दिउँसो सवा १ बजे कोराल खोलादेखि शुरु गरी सिलगढीसम्म पुगेर कोणसभा आयोजना गरिने जनाइएको छ ।

उम्मेदवारहरु र राजनीतिक दलले कार्यक्रम जिल्ला प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अनुसार जिल्ला प्रशासनबाट मंगलबार नै स्वीकृति प्रदान गरिसकेको उनले बताए ।

काँग्रेस उम्मेदवार भरत बहादुर खड्काले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको रावलले बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.