Sujang

डोटीमा मतदाता शिक्षाका लागि ६५ जना स्वयंसेवक खटिदैँ

Ban

फागुन १ गते,डोटी : डोटीमा मतदाता शिक्षाका लागि ६५ जना स्वयंसेवक खटाइने भएका छन्। जिल्ला निर्वाचन कार्यालयले जिल्लाका ९ वटै पालिकामा एक–एक वडामा एक जना गरी ६५ वडामा ६५ स्वयंसेवक परिचालन गर्ने जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर पन्तका अनुसार नौ वटै पालिकाका शिक्षा अधिकृत तथा अनुगमनकर्तालाई तालिम दिइसकिएको छ भने अहिले छनोट भएका स्वयंसेवकलाई सम्बन्धित पालिकामा तालिम दिने कार्य भइरहेको उनले बताए।

Krishi

मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक लगायतका क्षेत्रमा कार्यरत महिलालाई प्राथमिकतामा राखेर छनोट गरिएको जनाएको छ । छनोट भएका स्वयंसेवकले लक्ष्य निर्धारण गरी आ–आफ्नो वडामा मतदाता शिक्षा प्रदान जनाएको छ।

उनीहरूले मत सदर र बदर हुने अवस्थाबारे जानकारी दिनुका साथै सही तरिकाले मतदान गर्ने प्रक्रिया सिकाउने प्रमुख पन्तले बताए । मतदातालाई प्रभावकारी रूपमा प्रशिक्षण दिन नमूना मतपत्र प्रयोग गरिने जनाइएको छ।

फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.