Sujang

चिसो मौसममा विद्यार्थीलाई राहत : दिसिनपा -६ को वडा कार्यालयबाट पाँच लाखको स्विटर सहयोग

Ban

माघ ८, डोटी: दिपायल सिलगढी नगरपालिका–६ को वडा कार्यालयले पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढीका विद्यार्थीहरूका लागि स्विटर सहयोग प्रदान गरेको छ।

Krishi

वडा कार्यालयले करिब पाँच लाख मूल्य बराबरका एक हजार ६० ओटा स्विटर विद्यालयलाई हस्तान्तरण गरेको कार्यवाहक वडा अध्यक्ष चन्द्रा नेपालीले जानकारी दिइन्। उनले जिल्ला सदरमुकाममा अवस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा जिल्लाभरिका विद्यार्थीहरू अध्ययन गर्न आउने भएकाले सहयोगका लागि उक्त विद्यालय छनोट गरिएको बताइन्।

चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई राहत पुर्‍याउने उद्देश्यले स्विटर वितरण गरिएको बताउँदै वडा अध्यक्ष नेपालीले यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिन्।
वडा कार्यालयबाट प्राप्त स्विटर बुझ्दै विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले वडा कार्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे।

उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा विद्यालयले राखेको बताए।
चिसो मौसममा स्विटर पाउँदा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.