Sujang

स्मार्ट एफ.एम.को पहलमा डोटीका नारायण सिंहलाई ७३ हजार सहयोग प्रदान

Ban

माघ ८ गते ,डोटी : सामुदायिक रेडियो स्मार्ट एफ.एम. डोटीले सञ्चालन गरेको सानो सहयोग अभियान अन्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ निवासी ७१ वर्षीय नारायण सिंहलाई बिहीबार ७३ हजार २ सय ४५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो।

गत पुस १७ गते नारायण सिंहको पारिवारिक अवस्था सामुदायिक रेडियो स्मार्ट एफ.एम.को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै एफ.एम.का प्रवन्ध निर्देशक दिपेन्द्र खड्काको पहलमा सानो सहयोग अभियान सुरु गरिएको थियो।

Krishi

देश तथा विदेशमा रहनु भएका ५२ जना सहयोगी दाताबाट संकलित उक्त रकम सिंहको निवासमै पुगेर हस्तान्तरण गरिएको प्रवन्ध निर्देशक खड्काले जानकारी दिए।

रकम हस्तान्तरण गर्दै खड्काले रेडियो केवल ध्वनि तरंगको साथी मात्र नभई समाजमा लुकेर, दबिएर रहेका आम नागरिकका सुख–दुःखको साथीसमेत बन्नुपर्ने बताए। उनले समयअनुसार प्रविधिको प्रयोग गर्दै समाजभित्रका सबै गतिविधिमा प्रत्यक्ष संलग्न हुनुपर्नेमा जोड दिए।

सहयोग रकम बुझ्दै नारायण सिंहले पत्रकार दिपेन्द्र खड्काले आफ्नो वास्तविक अवस्था सबैसामु पुर्‍याइदिएकोप्रति आभार व्यक्त गरे। साथै देश तथा विदेशमा रहेर दुःख–सुख गर्दै सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति धन्यवाद दिँदै यो रकमले आफ्नो दैनिकी सहज हुने बताए।

नारायण सिंहको ६ सदस्यीय परिवारमध्ये ४ जना मानसिक सन्तुलन गुमाएको अवस्थामा रहेका छन् भने परिवार हाल सामाजिक सुरक्षाभत्ताकै भरमा जीविकोपार्जन गर्दै आइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.