Sujang

डोटीमा प्रतिनिधि सभा निर्वाचनका लागि ९ दलका ९ जनाको मनोनयन दर्ता

Ban

माघ ६, डोटी : फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि डोटी जिल्लामा ९ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा(माओवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र मितेरी पार्टी नेपालका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डेयले जानकारी दिए । नेपाली काँग्रेस पार्टीको तर्फबाट भरत बहादुर खड्काले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसले हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका संविधान सभा सदस्य समेत रहेका ६८ वर्षका खड्कालाई उम्मेदवार बनाएको हो । खड्काको स्थायी ठेगाना डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ गैरावर हो ।

Krishi

नेकपा एमालेको तर्फबाट दीपक बहादुर धामीले उम्मेदवारी दर्ता गरेका छन् । डोटीको शिखर नगरपालिका–१ स्थायी घर भएका धामी एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् । उनको उमेर ३२ वर्ष हो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले मनोनयन दर्ता गरेका छन् । नेकपाको केन्द्रीय सदस्य भट्ट सुदूरपश्चिम प्रदेशको संस्थापक मुख्यमन्त्री हुन् । के.आई.सिंह गाउँपालिका घर भएका उनी उमेरले ५६ वर्षका भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट नरेन्द्र खड्काको उम्मेदवारी परेको छ । पुर्विचौकी गाउँपालिका–३ स्थायी घर भएका खड्का रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटी उपसभापति हुन । उनी उमेरले ५३ वर्षका भए । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खडक बहादुर अग्रवालले उम्मेदवारी दर्ता गरेका छन् । दिपायल सिलगढी नगरपालिका–४ स्थायी बसोबास रहेका अग्रवाल उमेरले ४१ वर्षका भए ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट डोटीमा मणिराज(मनोज) भट्टले मनोनयन दर्ता गरेका छन् । जनमोर्चाको केन्द्रीय महासचिव भट्ट ५५ वर्षका भए । उनको घर के.आई.सिंह गाउँपालिका–४ हो । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) को तर्फबाट प्रकाश कठायतले उम्मेदवारी दर्ता गरेका छन् । के.आई.सिंह गाउँपालिका–५ घर भएका कठायत उमेरले २९ वर्षका भए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–४ स्थायी बसोबास रहेका खगेन्द्र बहादुर शाहीले मनोनयन दर्ता गरेका छन् । उनी उमेरले ५८ वर्षका भए । त्यस्तै मितेरी पार्टी नेपालको तर्फबाट ३५ वर्षकी सरस्वती कुमारी पाल(मल्ल) ले मनोनयन दर्ता गरेकी छिन् । उनको स्थायी ठेगाना जोशीपुर गाउँपालिका–४ हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.