

इन्द्र शाही ,माघ २ गते ,डोटी : आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
शुक्रबार डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

जिल्ला अदालत डोटीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयको अध्यक्षतामा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, सुरक्षा निकायका प्रमुखहरू र प्रत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थितमा जिल्ला अदालत डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार ११८ मतदान स्थल र १८० मतदान केन्द्र तोकिएको जिल्लामा १ लाख २८ हजार ३सय ९९ मतदाता रहेका छन्।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते मंगलबार हुँदैछ।

