Sujang

तोकिएको समयमा निर्वाचन हुनेमा शङ्का छ : डा. रावल

Ban

 मंसिर २५ गते ,डोटी :नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शङ्का उत्पन्न भएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न डोटी पुगेका नेता रावलले सरकारले चुनावको वातावरण बनाउने भन्दा अरू अरू कुरामै बरालिएको आरोप लगाए ।

Krishi

‘लुटिएका हजारौँ गोलीगट्ठाहरु, घातक हतियारहरू अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन, कयौँ कैदी वन्दीहरू अहिले पनि फरार छन्’ बिहीबार डोटीको सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘शान्ति सुरक्षाको स्थिति हेर्दा यो सरकारले जसरी त्यसलाई केलाएर हेर्नु पर्ने हो, त्यो गरिरहेको देखिँदैन ।’

उनले सरकारले सबै दलहरूलाई निर्भीकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताए । निर्वाचनमा आन्तरिक वा बाह्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उनको भनाई छ । राष्ट्रको एकतालाई टुक्राउने, सामाजिक सद्भाव बिथोल्ने कुनै पनि काम नगर्न रावलले सरकारलाई सुझाव दिए ।

फरक प्रशंगमा उनले नेकपा एमालेको ११औँ महाधिवेशनबाट एमालेलाई केपी शर्मा ओलीबाट मुक्त गर्न गर्नुपर्ने बताएका छन् ।

‘देशकै राजनीतिमा प्रभाव राख्ने पार्टी नेकपा एमालेको ११औँ महाधिवेशन हुँदै छ’ रावलले भने ‘एमालेमा भएका इमानदार नेता कार्यकर्ताहरूले महाधिवेशनबाट उहाँ (ओली) लाई स-सम्मान बिदाइ गर्नु पर्छ, यसका लागि महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्नु पर्छ ।’

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.