Sujang

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

Ban

मंसिर २४ गते,डोटी:लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्क्रिया ,समीक्षा गर्दै सम्पन्न भएको छ ।
“प्रविधिको सही प्रयोग गरौँ लैङ्गिक, हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधवार सिलगढीमा अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

दिपायल सिलगढी नगरपालिका डोटीको आयोजना तथा समन्वय पिसविन नेपाल,साथी संस्था,सिएमसि नेपाल,सामुदायिक विकास केन्द्र,सम विकास केन्द्र, निड्स नेपाल, फेडाे र टिपियो नेपाल लगायतका संघसंस्थाको संयुक्त सहयोगमा उक्त १६ दिने अभियानमा नौ वटै वडामा विभिन्न कार्यक्रम गर्दै आज अन्तर्क्रिया,समीक्षा,प्रगति प्रस्तुति गरेर अभियान सम्पन्न भएको महिला शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् ।

अभियानले महिलामाथि हुने हिंसाका विविध आयाममा जनचेतना फैलाउनु,कानुनी संरक्षण सुनिश्चित गर्नु,लैङ्गिक समानतामा समाजलाई जागरूक बनाउनु,सचेतना फैलाउनु अभियानको मुख्य लक्ष्य रहेको उनले बताइन् ।

उक्त समापन कार्यक्रमका बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले सामाजिक परिवर्तनका लागि सबैभन्दा पहिले व्यक्तिगत स्तरबाटै सुधार र जिम्मेवारी आवश्यक रहेको बताए।
विभिन्न अध्ययनले देखाएका हिंसासम्बन्धी तथ्य र निष्कर्ष अनुसार सबै निकायले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा प्रमुख सिंहले जोड दिए।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश पदमराज पाण्डेले प्रविधिको सही सदुपयोग गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय प्रविधिको दुरुपयोग समेत बढेको बताउँदै यसमा प्रयोगकर्ता विशेष ध्यान दिनुपर्ने बताए । हिंसासम्बन्धी तथ्य र निष्कर्षअनुसार सबै निकायले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।

महिलाका लागि सीप, शिक्षा र रोजगारीको बाटो नै महिला हिंसा रोकथामको महत्त्वपूर्ण पक्ष रहेको जिल्ला समन्वय उप प्रमुख स्मृति चुनारा विकले बताइन् ।

Krishi

उजुरी परेका विभिन्न किसिमका हिंसाका मुद्दामा परिवारलाई प्रभावमा पारी जाहेरी फिर्ता गर्न लगाउनु पनि झन् हिंसा थप्नु रहेको उनले बताइन् ।

यसै गरी उक्त कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका उपप्रमुख कलावती महर साउँदले महिलामाथि हुने घरेलु हिंसा सहेर बस्न नहुने उनले बताइन् । अहिले पनि हाम्रो समाजमा विभिन्न कारणले महिलाहरूले खुलेर उजुरी दिन नसक्नु समस्या रहेको उनले बताइन् । महिलाहरूले समस्या ल्याएर नगरमा आउँदा सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले देशमा दिगो विकास, समानता र सामाजिक न्यायको स्थापनाका लागि महिलामाथि हुने हिंसाको निरन्तर विरोध आवश्यक रहेको बताए।

समाज रहेका कुरीतिको अन्त्य भए मात्र समाजको परिवर्तन हुने बताउँदै महिलाप्रति सम्मान भाव र संस्कार सिकाउने सबैभन्दा ठुलो विश्वविद्यालय परिवार भएकाले आफूबाटै बदलिनु पर्नेमा जोड दिए।
हिंसामा परेका व्यक्तिहरूलाई नगर सरकारले विभिन्न किसिमका सहयोग गर्दै आइरहेकाले आगामी दिनमा पन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जिल्ला न्यायधीवक्ता ईश्वरीदत्त जोशीले कानुनी व्यवस्था ,जिल्ला अस्पतालका डोटीमा कार्यरत डाक्टर अमित नेपालीले एक द्वार संकट व्यवस्थापन केन्द्रको अवस्था बारेमा , वन्दना बमले सशक्त महिला समृद्ध नेपालको कार्यक्रमको प्रगति बारेमा र पत्रकार विक्रम खड्काले नगरले १६ दिने अभियानमा गरेका गतिविधिको जानकारी ,समस्या चुनौतीका बारेमा प्रस्तुति राखेका थिए ।

उक्त अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमको उदेश्य अनुसारको सहभागिता र ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने बताएका थिए ।

समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम गर्दै मंसिर ९ देखि २४ गते सम्म,१६ दिने अभियानको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि , पत्रकार,महिला, वालसंजाल लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.