Sujang

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते

Ban

मंसिर १८ गते डोटी : डोटीको सायल गाउँपालिका–२ बाट दिपायलतर्फ आउदै गरेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बिहीबार विहान सायल गाउँपालिका–४ खालिखोला नजिक जन्ती बोकेको सुदूरपश्चिम प्रदेश ०१–००१च ४२५० नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।

Krishi

जिल्ला प्रहरि कार्यालय डोटीका प्रहरी निरीक्षक नबराज रावलका अनुसार जिपमा सवार आदर्श गाउँपालिका -७ बस्ने वर्ष ५४ की हरिदेवी कापडी , सायल गाउँपालिका – २ ओखट्टे बस्ने वर्ष ३१ को दिल्ली राज ओझा, वर्ष ४० का भोज राज ओझा , भोजराज ओझाका छोरा वर्ष ११ को आमत ओझा र सोही ठाउँ वडा नं. ४ सुन्न बस्ने अन्दाजी ४२/४३ को टेक राज ओझा घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावलले बताए ।

घाईतेहरुको उपचारक स्थानिय स्वाथ्य चौकीमा भइरहेको वताएको छ ।
कन्चनपुर पुनर्वास नगर पालिका वडा – २ बस्ने २८ वर्षिया जिप चालक ईश्वर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चालक थापाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ।

जिप अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.