Sujang

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Ban

मंसिर ९ गते, डोटी : आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।
यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म विविध कार्यक्रम गर्दै मनाइन्छ। यो वर्ष ’प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको हो।

३४ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज सिलगढीमा प्रभात फेरी निकालिएको छ।
दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा नगरपालिका देखि शैलेश्वरी मन्दिर सम्म प्रभात फेरि निकालिएको हो।
प्रभात फेरीमा जिल्ला समन्वय समितिका उप–प्रमुख स्मृति चुनारा विक, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमेरी नेपाल, प्रहरी उपरीक्षक महेन्द्र नेपाल लगायतको उल्लेख सहभागिता रहेको थियो।
प्रभात फेरीमा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ संस्थामा कार्यरत महिलाहरू, पदम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

Krishi

प्रभात फेरीपछि दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीको अध्यक्षतामा शैलेश्वरी मन्दिरको प्राङ्गणमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख स्मृति चुनारा विक, प्रमुख जिल्ला अधिकारी नेपाल र ब्रह्म कुमारी ईश्वरीय विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकीले शुभकामना मन्तव्य राखेका थिए। शैलेश्वरी मन्दिरको प्राङ्गणमा सन्देश मूलक नाटक समेत प्रदर्शन गरिएको थियो ।
त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहले समेत विभिन्न कार्यक्रम गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका छन् ।

ऐतिहासिक पक्ष

नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो । 
जसलाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । यी दिदीबहिनी तत्कालीन त्रुजिलो तानासाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरू पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातानाका बाबजुद यी दिदीबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् । 
यसै क्रममा सन् १९६० मा निरङ्कुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तिनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरू पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरूलाई मुलुकको ठुलो समस्याका रूपमा घोषणा गर्‍यो । 
यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरूको हत्या गरियो । यी दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाका रूपमा लिइयो र यिनीहरूको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् । 
सन् १९९२ मा रुत्गर्स विश्वविद्यालयको महिलाहरूको भूमण्डलीय नेतृत्व केन्द्रले प्रायोजन गरी सञ्चालन गर्न थालेपछि यसले अन्तर्राष्ट्रिय अभियानको रूप लिएको हो । सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउन संयुक्त राष्ट्रसङ्घमा पेस गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रूपमा पारित भएपछि संयुक्त राष्ट्रसङ्घीय प्रणालीका राष्ट्रहरू विश्वव्यापी रूपमा यो अभियानमा सहभागी हुँदै आएका छन् । 
संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ । मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ । 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.