Sujang

मुख्यमन्त्री शाहद्वारा महासमिति बैठक अविलम्ब बोलाउन आग्रह

Ban

कार्तिक २५,डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काँग्रेसले पार्टीभित्र उत्पन्न अन्तर्विरोध समाधानका लागि महासमिति बैठक अविलम्ब बोलाउनुपर्ने बताउनुभएको छ।

मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले अहिलेको परिस्थितिमा महासमिति सदस्यबीच वैचारिक बहस र छलफल आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो,“हामी प्रजातान्त्रिक पद्धतिलाई अङ्गीकार गर्छौँ। महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौँ।”

Krishi

मुख्यमन्त्री शाहका अनुसार, पार्टीभित्र देखा परेका असहमति र विवादको समाधान संवाद र छलफलकै माध्यमबाट खोजिनुपर्छ। उहाँले अन्य प्रक्रियामा नअल्झिन पार्टी नेताहरूलाई सुझाव दिनुभयो।

भाद्र २३ र २४ गतेका घटनापछि पार्टीभित्र उठेका जेन्जी समूहका सकारात्मक मागहरूप्रति पनि ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहले नेतृत्वबीचको होडबाजीले संगठन कमजोर नपारोस् भन्ने चिन्ता व्यक्त गर्नुभयो।

“हामीले शक्ति सञ्चय गरी पार्टीलाई एकढिक्का बनाउनुपर्छ,” उहाँले जोड दिनुभयो, “सबै पार्टीपंती मिलेर काँग्रेसलाई मजबुत बनाऔँ।”

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.