
सानिमा रिलाइन्सद्वारा सुदूरपश्चिममा ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट एजेन्सी मेनेजर सम्मानित

धनगढी, २३ कार्तिक :सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशमा ‘सानिमा रिलाइन्स स्टार एजेन्सी मिट २०८२ सम्मान तथा एजेन्सी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न गरेको छ।
शनिबार धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी एजेन्सी मेनेजरलाई अन्तर्राष्ट्रिय विमा अभिकर्ता सहेद अफजाल अहमदले अभिमुखिकरण सत्र सञ्चालन गरेका थिए।
सानिमा रिलाइन्स सुदूरपश्चिम प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीका अनुसार उक्त अभिमुखिकरणले एजेन्सी मेनेजरहरूको कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका एजेन्सी मेनेजरहरूलाई सम्मान गरिएको थियो।
धनगढी शाखा–१ अन्तर्गत टिम बिजनेसको आधारमा
पहिलो : कलावती कुमारी जोशी
दोस्रो : खकेन्द्र कुमार वि.क.
तेस्रो : पुष्पराज उपाध्याय सम्मानित भए।
विमा पोलिसी संख्याको आधारमा
पहिलो : निशान बोहरा,
दोस्रो : पदमसिंह साउद,
तेस्रो : कलावती कुमारी जोशी सम्मानित भए।
व्यक्तिगत कोड व्यापारमा
पहिलो : निशान बोहरा,
दोस्रो : सन्तोष महतो,
तेस्रो : मधु कुमारी राना सम्मानित भए।

त्यस्तै, धनगढी शाखा–२ अन्तर्गत समूह व्यापारमा
पहिलो : दिपेश बोहरा,
दोस्रो : विरेन्द्र बोहरा,
तेस्रो : निर्मला पाण्डेले सम्मान पाए।
विमा पोलिसी संख्यामा
पहिलो : दिपेश बोहरा,
दोस्रो : दधी रावत,
तेस्रो : दिपिका खनाल सम्मानित भए।
व्यक्तिगत कोड व्यापारमा
पहिलो : गंगाराम चौधरी,
दोस्रो : दिपेश बोहरा,
तेस्रो : रामप्रसाद चौधरी सम्मानित भए।
सानिमा रिलाइन्स धनगढी–२ शाखाकी बिजनेस म्यानेजर विद्या सिंहका अनुसार सुदूरपश्चिममा कम्पनीको बजार विस्तारमा एजेन्सी मेनेजरहरूको ठूलो योगदान रहेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलाइन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका छन्।
“सानिमा रिलाइन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण छ,” उनले भने, “यो पेशा सेवा गर्ने पेशा हो — सुखदुखमा साथ दिने पेशा हो, त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।”
त्यस्तै, प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठले सुदूरपश्चिम प्रदेश व्यापारका हिसाबले अग्रस्थानमा आउनुमा सबै एजेन्सी मेनेजरहरूको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रियता बढ्ने विश्वास व्यक्त गरे।

