Sujang

दिल्पेश्वर क्रीकेट लिग: आयाेजक,प्रहरी र घाेल्तडा  बिजयी

Ban

माेहन पनेरू, असोज २६ ,डाेटी :डोटीकाे दिपायलमा जारी “दिल्पेश्वर क्रीकेट लिग सिजन ३” काे आइतबार दाेर्साे दिन  तीन खेल सम्पन्न भएका छन् । आयाेजक “ए” , घाेल्तडा र सुदुरपश्चिम प्रदेश प्रहरी  तालिम केन्द्र दिपायल बिजयी भएका हुन् ।
साेमवार भएकाे पहिलाे खेलमा वाईबि बाेईज र सुदुरपश्चिम प्रदेश प्रहरी  तालिम केन्द्र बिच भएकाे थियाे। प्रहरीले पहिले ब्याटिङ  गर्दै नीर्धारित १२ ओभर खेल्दै  वाईबि बाेईजलाई ८१ रनकाे लक्ष्य दिएकाे थियाे । प्रहरी गाेपाल धामी ३० रन बनाएका थिए भने अरू कसैले रार्माे खेल्न सकेन्न ।
साेमवार  राेयल पुर्वीचाैकि र घाेल्तडा बिच दार्साे भएकाे थियाे  ।  साेही खेलमा टस जित्दै घाेल्तडाले ब्याटिङकाे निम्ताे पाएकाे थियाे ।

Krishi

निर्धारित १२ ओभर खेल्दै बिपक्षी टिम राेयाेल पुर्वीचाैकिलाई २ सय ७ रनकाे लक्ष्य दिएकाे थियाे । घाेल्तडाका खेलाडि तिलक बिष्टले १७ बल खेल्दै ९ छक्का र ४ चाैकाकाे मद्तले टिमकाे नाममा ७७ रन बनाएका थिए ।  यस्तै  जनक सुनारले ३२ बल खेल्दै ५ छक्का र ५ चाैकाकाे मद्तले ७१ रन बनाएका थिए ।
बिपक्षी टिम पुर्वीचाैकीले १२ओभर खेल्दै १ सय ३८ रनमा समेटिएकाे थियाे । याे सँगै पुर्वीचाैकिले हार ब्यहाेर्नु परेकाे छ ।
यस्तै आजैकाे तेर्साे खेल आयाेजक “ए” र सिरखाेली सैन बिच भएकाे थियाे । पहिले ब्याटिङ गरेकाे आयाेजकले बिपक्षी टिम सिरखाेली सैनलाई १ सय ४३ रनकाे लक्ष दिएकाे थियाे   ।  आयाेजकका तर्फ बाट अजय बिष्टले ५ छक्का र ४ चाैकाकाे मद्तले ४७ रन बनायर खेलेका थिए । भने यस्तै शिशिर थापाले ४४ रन र अँकुश खड्काले २१ रन बनाएका थिए ।
प्रहरीटिमका खेलेडी गाेपाल धामी,घाेल्तडाका जनक सुनार र आयाेजक “ए” बाट शिशिर थापा म्यानअफ द म्याच पाएका थिए ।

“दिल्पेश्वर क्रिकेट लिग” (डिसिएल) को तेर्साे संस्करणप्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार राशि ५१ हजार एक सय ११ रहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.