Sujang

डोटीमा दिल्पेश्वर क्रिकेट लिग सिजन-३ सुरु

Ban

असोज २५ गते ,डोटी :डोटीमा दिल्पेश्वर क्रिकेट लिग सिजन-३ प्रतियोगिता सुरु भएको छ ।

शनिवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले  डीसीएलको तेस्रो संस्करण पुरुष क्रिकेट प्रतियोगिता तथा साँस्कृती मेला उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा बोल्दै सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए  ।

उनले भने ,’जहाँ खेलकुद हुन्छ त्यहाँ विकास हुन्छ । जसले नागरिकको व्यक्तित्व विकास मात्र नभएर सामाजिक, भौतिक र आर्थिक विकासमा टेवा पुर्‍याउन  समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका उप -प्रमुख कलावती महर साउँदले खेलाडीहरू देशको गहना भएको बताइन्  । जिल्ला र देशलाई चिनाउन खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् । खेल क्षेत्रमा अग्रसर खेलाडीहरूलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताइन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका डोटीका अध्यक्ष प्रकाश बमले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठुलो भूमिका रहेको बताए ।

स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र खेलाडीको ठुलो भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खेल क्षेत्रमा लगानी लगाउन आवश्यक रहेको बताए ।

दिल्पेश्वर स्पोर्ट्स क्लबले छोटो समयमा जिल्लामा खेलकुदका क्षेत्रमा र यहाँको कला संस्कृतिको क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।
यस्ता किसिमका प्रतियोगिताले स्थानीय खेलाडहरुको पहिचान र खेलाडी उत्पादनमा समेत भूमिका खेल्ने अध्यक्ष बमले बताए ।

दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घ बहादुर कठायतले स्पोर्ट्स क्लबले खेलकुदका क्षेत्रमा महत्त्वपूर्ण काम गरिरहेको बताए । क्लबले आयोजना गर्ने विभिन्न इभेन्टमा पूर्ण साथ सहयोग रहेन उनले बताए ।

दिल्पेश्वर स्पोर्ट्स क्लबका अध्यक्ष रोहित माझीको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रम जनप्रतिनिधि, नागरिक समाज, खेलाडी लगायत उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा नृत्य,नाटक समेत देखाइएको थियो ।

दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा दिपायल सिलगढी नगरपालिका–३ मठस्थित दिल्पेश्वर खेल मैदानमा प्रतियोगिताको सञ्चालन भइरहेको छ ।

Krishi

कात्तिक २ गते सम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ह्वाट्स म्यान, म्यान अफ द सिरिज लगायतका खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष माझीले बताए ।

प्रतियोगितामा सहभागी टिममा डोटी जिल्लाका ६ जना खेलाडी अनिवार्य र जिल्ला बाहिरका ५ जना खेलाडीहरू टिममा सहभागी हुन पाउने छन् । खेलाडी विदेशी नागरिक भए दुई जनासम्म टिममा समेट्न सकिने छ ।

जिल्ला बाहिरका खेलाडीहरूसँग मिलेर खेल्दा डोटीका खेलाडीहरूलाई सिक्ने मौका भएकाले यस्तो गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणमा नकआउट र दोस्रो चरणमा लिग सिस्टमले खेल खेलाइने भएको छ । प्रथम चरणको विजेताले मात्रै लिग खेल्न पाउने छन् ।

प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबका सदस्य तथा प्रवक्ता रामभक्त सुनारले बताए ।

तीन वर्ष अगाडी दर्ता गरेको क्लबले भलिबल, क्रिकेट प्रतियोगिता, यहाँको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बजार टाेल र तल्काेटकाे बिजयी सुरूवात

“दिल्पेश्वर क्रिकेट लिग” (डिसिएल) को तेर्साे संस्करणमा शनिबार भएकाे दुई खेलमा टिम बजार टाेल र टिम तल्काेटले बिजय सुरूवात गरेकाे छ ।
पहिलाे खेलमा के आईसिँह सलेना र टिम बजार टाेल बिच भएकाे खेलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बजार टाेलले १सय ४२ रन बनाउदै  बिपक्ष टिमलाई १सय ४३ रनकाे लक्ष्य दिएकाे थियाे ।तर के आई सिँह सलेना हार ब्यहाेरेकाेछ ।

बजार टाेलबाट धिरेन्द्र भण्डरीले २१बल खेल्दै ७ छक्का र २ चाैकाकाे मद्तले ५६ रन बनाएका थिए  । यस्तै बजार टाेलकै तर्फबाट कमल थापाले ३८ रन बनाए भने अरू कसैले पनि दाेहाेर अंक जाेड्न सकेन् ।

के आईसिँह सलेना १२ अाेभरमा ४ क्विकेट गुमाउँदै ८९ रनमा   समेटिएकाे थियाे । सलेनाबाट खेल्दै टिकाराम महतले ४ छक्का र २ चाैकाकाे मद्तले ३५ रन बनाएर आउट भए । र पारस महतले १३ रनमा खेलेका थिए ।

आजै भएकाे दाेर्साे खेलमा दिल्पेश्वर मा वि दिपायल र टिम तल्काेट बिच भएकाे थियाे । जस्मा टिम तल्काेटले  ६३ रनकाे लक्ष्य पाएकाे थियाे । तल्काेटले ९ ओभरमा ४ बिकेट गुमाउँदै जित हात पारेकाे छ ।

दिल्पेश्वर माबि बाट नितेश नेपाली २१ रन बनाएकाे थियाे भने अरू कसैले पनि दाेहाेर अँक जाेड्न सकेन्न ।
बजार टाेलबाट अर्ध सतकिय पारी खेलका धिरेन्द्र भण्डारी म्यान अफद म्याच भएका थिए । यस्तै दाेर्साे खेलमा सुमन बलाएर भएका थिए । बलायर टिमकाे नाममा १८ रन २ बिकेट लिएका थिए ।
दिल्पेश्वर माबि र के आईसिह सलेना नकआउट भएकाे आयाेजकले जनाएकाे छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.