Sujang

डोटेली जनताको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी हो :खड्का 

असोज, ३० गते डोटी –डोटेली जनताको प्रतिनिधित्व गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले बताएका छन् ।
आइतबार दिपायलमा प्रतिबद्धता सार्वजनिक कार्यक्रमको पत्रकार सम्मेलनमा बोल्दै खड्काले यस्तो बताएका हुन् ।
राणा कालमा देश भरीकै चार वटा `प्रशासनिक गौणा ´ मध्ये पश्चिम प्रशासन हेर्ने `डोटी गौणा´ एक हो । खड्काले भने ,´डोटीको अस्मिता माथि ठुलो खेलबाड भयो। अदूरदर्शी  तथा चरम अन्यायपूर्ण कदमका विरुद्ध उम्मेदवारी हो। पटक पटक डोटेली भूमि र जनताको जनमतको स्वाभिमानमा आँच पुर्‍याउनेका विरुद्ध आफ्नो लडाइँ हो।´
विगत देखि मातृभूमिको अस्मिता लुट्नेहरूका विरुद्ध आवाज बुलन्द गरिरहेको थिए । उनले थपे,´मातृभूमिको अस्मिता लुट्नेहरू, मातृभूमिको मुद्दालाई सत्ता विनिमयको माध्यम बनाउनेहरू फेरि छाती खोलेर चुनावी मैदानमा उत्रिँदा मन शान्त राख्न सकिनँ।`
`डोटेली जनताको मुद्दा लिएर उठेको  हुँ । मेरो उम्मेदवारी पश्चात् जसरी मेरो पक्षमा यो माहौल बनेको छ। म जित्नेमा ढुक्क छु। म हारे डोटेली जनताले हार्छ । जिते  डोटेली जनताले जित्छ।´
डोटीले संस्कृति, सभ्यताको रक्षा चाहने ,इतिहास प्रतिमाया गर्ने, डोटीमा राजधानी कायम हुनुपर्छ भन्ने मान्यता राख्ने, निस्वार्थ समाज सेवाको भाव राख्ने , सामाजिक परिवर्तन ,आर्थिक विकासका सम्भाव्य कामहरूको पहिचान र निर्माण, राजनीतिक थिचोमिचोको दिगो उन्मुलनका साथै आत्मसम्मान स्वाभिमान रक्षा चाहने आम डोटीलेहरुको साझा उम्मेदवार रहेको  खड्काले बताए ।
मातृभूमि बेच्नेका विरुद्ध,सुदूरपश्चिमको राजधानी दिपायल राख्न पहल ,दिपायल केन्द्र हुने गरी  सडक सञ्जाल , खप्तड, वडिकेदार तेले महाभारतको पर्यटन विकास र दिपायलबाट विस्थापित कार्यालय फर्काउन पहल , कृषि , स्वास्थ्य , रोजगार तथा युवा स्वरोजगारी,खेलकुद ,महिला ,दलित ,आदिवासी जनजातिको सशत्तिकरण उत्थान गर्ने मेरो एजेण्डा रहेको खड्काले पत्रकार सम्मेलनमा जानकारी गराए।
गर्विलो इतिहासको पुनरावृत्ति गराउँदै गुमेको आत्मसम्मान र स्वाभिमान कायम गराउन हरदम प्रयत्नशील रहने खड्काले प्रतिबद्धता व्यक्त गरे ।डोटीबाट सत्ता गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले, स्वतन्त्र उम्मेदवार खड्का र नेकपा एमालेबाट गौरी वली चुनावी मैदानमा छन्।

त्यस्तै प्रतिनिधि सभाकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का र अर्का स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले उम्मेदवार बनेका छन् ।

उनीहरु प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिएका हुन्।

Salmuni
Leave A Reply

Your email address will not be published.