Sujang

नेपाल आइडलको टप १० मा डोटीका निरज विश्वकर्मा

Ban

साउन ३ गते ,डोटी :सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १०औँ स्थानमा पुगेका छन्।
डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन सिक्सको १० औँ स्थानमा पुगेका हुन्।

उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन्। सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ।

Krishi

उनका बुवा प्रताप बिकका अनुसार अझै प्रतिस्पर्धाको लागि शनिवार राति साढे ९ बजे देखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसो ३ बजेसम्म रहेको छ। छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन्।

सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ। उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोक्त छन्। नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ। उनको भोटिङ कोड एनआइ ०९ रहेको छ। एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ।

नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.