Sujang

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Ban

जेठ ३० गते,डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका जिल्लाको छैटौँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

यस वर्ष पनि ५९ महिना मुनीका पालिकामा सेवा क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले दिपायल सिलगढी नगरपालिका खोप समन्वय समिति डोटीका अध्यक्ष बाजि सिंह खड्कालाई खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई घोषणा गरिएको हो ।

सरकारले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकतामा राखेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । सरकारले पहिलो प्राथमिकतामा राखेको अभियानलाइ सफल बनाउन स्वास्थ्यकर्मीले खेल्नु भएको भूमिका प्रति धन्यवाद व्यक्त गरे । अब छिट्टै जिल्लालाई नै घोषणा गर्ने अभियानमा अगाडी वढेकाले सबैलाई सहयोगको लागि सिंहले अनुरोध गरे ।

Krishi

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम निमार्ण गर्दै आएको नगर प्रमुख खड्काले बताए ।

उक्त घोषणा कार्यक्रम दिपायल सिलगढी नगपालिका उप प्रमुख कलावती महर साउँद, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य तथा नगरको स्वास्थ्य अवस्था बारेमा जानकारी नगर स्वास्थ्य शाखा प्रमुख तेज खड्काले गरेका थिए ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य तथा अन्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख, स्वास्थ्यकर्मी, लगायतलाई सम्मान गरिएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा नृत्य, भुवा नाँच समेत प्रदर्शन गरिएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.