Sujang

डोटीमा हाईस दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

Ban

वैशाख १७ गते ,डोटी :डोटीमा (इभि) हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्लाको जोरायल गाउँपालिका – २ मेलखोला स्थित भीमदत्त राजमार्गमा दुर्घटना हुँदा हर्क बहादुर नेगिको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका हुन् ।

धनगढीबाट बैतडी पुर्चौडीतर्फ आउँदै गरेको सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको (इभि) हाइस गए राती साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते वर्ष ४५ का नेगीको माया मेटो अस्पताल धनगढी कैलालीमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।

अन्य घाइतेलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शर्माले बताए ।

घाइते हुनेमा बैतडी डिलासैनी गाउँपालिका– ४ का २७ वर्षीय धीरेन्द्र नेगी ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना नेगी, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.