Sujang

नेपाली सेनाले निकाल्यो सेती पुलमा अड्किएकाे रुख

असोज,२५ गते ,डोटी –डाेटीकाे दिपायल स्थित सेती पुलमा अड्किएकाे पिपलकाे रुख नेपाली सेनाले निकालेको छ ।

मंगलबार भैरव प्रसाद गणले पुलमा रोकिएको पिपलको रुख निकालेको गणपति जनमत बहादुर कार्कीले बताए ।

बर्सौ पुरानो दिपायल सिलगढी नगरपालिका -२ पुलबजार नजिक रहेको ठूलो पिपलको रूख नदीले बगाए पछि नदी थुनिने जोखिम बढेकाले अड्किएकाे रुख निकालिएको गणपति कार्कीले बताए ।

असोज २२ गते सेती नदिमा आएको बाढिले पिपलको रुख बगाएर पुल भन्दा २० मिटर अगाडि किनार लगाएको थियोे ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका -७ उँडितोलामा पहिरोले क्षति पुर्याएको खानेपानीको पाइपलाइन मर्मत नेपाली सेनाको टाेलि खटिएको कार्कीले जानकारी दिए।

Salmuni
Leave A Reply

Your email address will not be published.