Sujang

अछाममा मनाइयो दशौँ राष्ट्रिय योग दिवस

Ban
Krishi

माघ १ गते ,अछाम । स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस अछाममा पनि मनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री बिशेस्वर प्रसाद ढुंगानाले योगको बारेमा जानकारी दिनुको साथै योग प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताए । शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग महत्त्वपूर्ण माध्यम भएको उल्लेख उनले उल्लेख गरे।

स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने संख्या दिन प्रति दिन बढ्न थालेकोले सबैले योग गर्नु अहिलेको आवश्यकता भएको प्रजिअ लम्सालले बताए।

योग दिवसमा उपस्थित सबैलाई जंगली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख दिपकराज पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारी, प्रमुख अनुसन्धान अधिकृत डिलबहादुर चौधरी, कोष नियन्त्रक दिवस घिमिरे लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला आयुर्बेद स्वास्थकेन्द्रका वरिष्ठ बैध्य खडक बमले गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.