

दिपेन्द्र खड्का ,कार्तिक २७ डाेटी: डाेटीकाे पुर्वीचाैकी गाउपालिकाकाे कार्यालयमा लागेकाे ताला खुलेकाे छ।
साेमबार पालिकाका जनप्रतिनिधि र एमाले पुर्विचाैकीका नेता तथा कार्यकर्ताहरुले छलफल गरि ताला खाेलेका हुन् ।
नेकपा एमालेले उठान गरेका जनसरोकारका विषयबस्तुहरु माथि गंभिर भएर कार्यान्वयन/पुनरविचार गर्ने लिखित प्रतिबद्धता पश्चात गाउपालिकामा लगाइएको ताला खोलिएको पुर्वीचाैकी एमालेले बताएकाे छ ।
पुर्वीचाैकी एमालेले गाउपालिकाले मनाेमानि ढङ्गले शिक्षक दरबन्दीमिलान तथा शिक्षा सम्बन्धि कार्यविधि २०८० विपरीत कार्य गरेकाे, पालिकाकाे बिकास निर्माणकाे बजेट आवश्यकता भन्दा बढी कर्मचारी भर्नागरि खर्च गरिएकाे, २०७९ कार्तिक २२ गरे गएकाे विनाशकारी भुकम्पले प्रभावित क्षेत्रकाे पुनर्निर्माण तथा पुनस्र्थापना नगरि पालिकाकाे रकम विलासिताकाे सामान खरिद गर्न लागेकाे र पालिकामा रहेकाे १० सैयाकाे अस्पताल संचालन तथा संरक्षण कृषि ,स्वास्थ्य ,पशुसेवा शाखा अतिआवश्यक अौषधि तथा सामाग्रि उपलब्ध नरहेकाे भनी कार्तिक २५ गते ताला लगाएकाे थियाे ।
पालिकाले प्रदत्त अधिकार अनुसार कार्यहरु अगाडी बढाई रहेकोे गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले बताए ।
पुर्वीचाैकी गाउपालिकामा २०७४ सालदेखि आज सम्म बेलाबेलामा गरेर ४ पटक ताला लागिसकेकाे छ ।
