Sujang

डोटीको प्रसिद्ध सलकट्याल देवताको जाँत हुने

Ban

तिर्थ नेपालि, कार्तिक २५ गते : डोटीको पुर्विचौकी गाउँपालिका वडा नं ५ मा रहेको प्रसिद्ध सलकट्याल देवताको जाँत आज आईतवार  हुने पुर्विचौकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष खडक साउदले ले बताए ।सोही अवसरमा आज वडामा स्थानीय विदा समेत दिएको हो ।

अध्यक्ष साउँदले कार्तिक २८ गते रतेडी र २९  गते  दिउसेडी मेला हुने जानकारी गराएका छन ।

सलकट्याल देवताको जाँतका लागि बिभिन्न गाउँहरुबाट देउरो आउने गर्छ जस अन्तर्गत  सवै भन्दा पहिला बटाला गाउँ को देउरो पुग्नुपर्छ , रित अनुसार गाज्या लौडौ , गाज पहिराएर रुवा डोला र गाज लाई आलोपालोमा काडामाण्डौमा रहेको सलकट्याल देवताको मन्दिरमा राखिने गरिन्छ ।

परम्परागत रुपमा सलकट्याल देवता लगाएत सबै देवता बोगटी गाउँमा (बड्या गडामा ) बास बसी आएको मान्यता रहेको छ , तेसैले जात मन्दिर बाट माईत (बड्या गडडा) बोगटी काडा ५ दिन बसेर पुजा आजा गर्ने प्रचलन रहेको छ ।

Krishi

यस क्षेत्रको प्रख्यात शक्तिपीठ रुपमा रहेको सलकट्याल देवता लगाएत अन्य तेडि बाजकोटी देवताहरुको नाच हेर्न पाईन्छ ।

धार्मिक सांस्कृतिक परम्परा अनुसार सलकट्याल मन्दिरमा विभिन्न गाँउ बाट देउरो पु¥याई धुप,पोखलले होम गर्दै पुजा आजा सम्पन्न भए पछि दोस्रो दिन मेला भर्नेको घुईचो हुने गर्छ । मेलामा शक्तिको प्रतिकका रुपमा यस क्षेत्रका चर्चित देउडिया महिला तथा पुरुष कलाकारहरुको घम्सान दोहरी हुने गर्दछ ।

हातमा गाज खेलाउदै दैन दमाह बाजाको तालमा नाच प्रस्तुत गरिने देवि देवताको पुजाआजा गर्दा मनोकामना पुरा हुने धार्मिक आस्था संगै शक्तिका रुपमा देवताहरुको नाच प्रस्तुत गर्ने पुरानो परम्परा अहिले पनि छ ।

परापुर्वकालमा बड्या गडा भनेर चिनिने बोगटी काडा तथा उपरकाडा ,नुवाघर , धानुकाडा गाजरी पोखरी गजाडा बगाडा ,खिरसैन लगायत क्षेत्रमा बसोवास गर्ने अधिकांस स्थानिय पुजाआजाका समय घर फर्कने गरेका छन ।

यँहा बाट बसाई सरी अन्यत्र गएकाहरु पनि सलकट्याल देवताले नै दिएको एवं हालको अवस्था पनि देवताकै कारणले बनेको वा दिएको भन्ने विश्वासले जाँत मेला पुजाआजाको समय यँहा पुग्ने गरेको स्थानिय हरु बताउछन।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.