
बिगत लामो समय देखी जिपहरुले सेवा दीईरहेको भएपनि बस भने पहिलो चोटी गगुडा पुगेको हो । सोमबारबाट गगुडादेखि शैलेश्वरी यातायातको बसले धनगढीसम्म सेवा दिने भएको छ ।
आज बिहानबाट बस सेवा शुभारम्भ भएको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका वडा अध्यक्ष श्याम बोगटीले बताए । पहिलो चोटी बस गगुडा पुगेपछी वडा अध्यक्ष बोगटीले शैलेश्वरी यातायात प्रालिका पदाधिकारीहरुलाई गगुडामा स्वागत गरे ।
सु. प्र ०१०००६ को ३४९० नम्बरको बसले गगुडा बाट धनगढी जाने यात्रु लगेर यात्रा प्रारम्भ गरीएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेम रावलले बताउनुभयो । गाउँमा पहिलो चोटी बस पुगेपछी स्थानीय खुसी छाएको छ ।