Sujang

नेपाली सेनाले दुई ठाउँमा हाल्यो लिङ्गे पिङ

Ban

असोज १६गते ,डोटी – हिन्दु नेपालीहरूको महान् चाड वडा दशैं तथा शुभ दीपावलीको उपलक्ष्यमा सिलगढी र दिपायलमा लिङ्गे पिङ हालिएको छ।
सिलगढीमा रहेको टुँडिखेलमा र दिपायलको पुलबजार नजिक चाडबाडलाई लक्षित गर्दै भैरव प्रसाद गणद्वारा लिङ्गे पिङ हालिएको हालिएको हो।
रीतिरिवाज, भेष भूषा लोप हुँदै गएकोले यसको जगेर्ना गर्न लिङ्गे पिङ हालिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताए ।
उनले भने,´गाउँमा मात्र होइन विगत केही वर्ष अगाडि सम्म सहर बजार आसपासमा निक्कै पिङ देख्न पाइन्थ्यो। अहिले संस्कृति हराउँदै गएको छ । त्यसको संरक्षण र संवर्द्धनमा सबैले लाग्नु पर्ने देखिन्छ ।´

Krishi

धार्मिक ,सांस्कृतिक रितिरिवाज बचाउन लागि पछिल्लो समय जिल्लामा भैरब प्रसाद गणले गरिरहेका कार्य सह्रानिय रहेको स्थानीय राज बहादुर खड्काले बताए ।

भैरब प्रसाद गणले जिल्लामा चहलपहल बढाउन तथा कला संस्कृती जगेर्ना गर्न महत्वपूर्ण कार्य गरिरहेको उद्योग बाणिज्य डोटीका पुर्ब अध्यक्ष नरेन्द्र खड्का बताए ।

दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको पाइन्छ ।
वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दसैँमा रमाइलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.