Sujang

विज्ञान प्रदर्शनीमा पद्म पब्लिककी कञ्चन पाली प्रथम

Ban
Krishi

असोज ३ गते ,डोटी :नगर स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिक माध्यमिक विद्यालयकी छात्रा कञ्चन पाली प्रथम भएकी छन्  ।

Posan

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बुधवार दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पाली प्रथम भएकी हुन् । उनले नगद ५ हजार सहित प्रमाणपत्र हात पारेकी छन् ।

सो प्रतियोगितामा पवित्रा आवासीय माविकी छात्रा अन्जीता मलासी द्वितीय र अमर ज्योति माविका सन्देश साउँद तृतीय भएका छन् । द्वितीय भएकी मलासीेलाइ नगद तीन हजार र तृतीय भएका साउँदलाई २ हजार प्रदान गरिएको छ ।

सो प्रतियोगितामा नगरपालिकाभित्रका ८ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । ज्ञान, विज्ञान, सिप उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ दिपायल सिलगढी नगरपालिकाले पद्म पब्लिक मुना माध्यामीक विद्यालयमा १२ औँ राष्ट्रिय शिक्षा दिवस मनाएको हो ।

सो प्रतियोगीतामा पद्म पब्लिक मुना माध्यामीक विद्यालय, गैर सरकारी संस्था, सामुदायिक विकास केन्द्र (सिडिसी), दलित महिला संघले सहयोग गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहेका थिए भने विशिष्ठ अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल  रहनु भएको थियो । उक्त कार्यक्रम जनप्रतिनिधि ,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि ,शिक्षक, विद्यार्थी ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.