Sujang

संविधान दिवसका अवसरमा सरसफाई

Ban

भदौ २ गते डोटी : संविधान तथा राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा डोटीको पिपल्ला बजारमा सरसफाई गरिएको छ ।

Posan
Krishi

दिपायल सिलगढी नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोग तथा जिल्ला स्तरिय कार्यक्रम आयोजक समितिको आयोजनामा बुधबार पिपल्ला बजारमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रमको समुदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले थुप्रै मानिसको त्याग पछि अहिलेको परिवर्तन सम्भव भएको स्मरण गर्दै –‘दिवसलाई सबैले आत्मसाथ गर्दै धुमधामका साथ मनाउन जरुरी रहेको छ ।’ उनले संविधान ल्याउन राजनीतिक दल, समाजसेवी, व्यवसायी, विद्यार्थी, अधिकारकर्मी सबैको योग्दान रहेको बताए ।

 

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी संघका पदाधिकारी, होटल व्यवसायी संघका पदाधिकारी, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.