Sujang

डोटीमा असोज ३ गते साहित्य उत्सब हुने

भदौ २३ गते ,डोटी  :नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले संयुक्त रुपमा डोटी साहित्य उत्सव – २०८१ आयोजना गरेको छ । संविधान दिवसको अवसर पारेर डोटीमा असोज ३ गते साहित्य उत्सब हुने भएको छ । साहित्य उत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लाका श्रष्टाहरुको प्रस्तुती रहने कुराको जानकारी नेपाली लेखक संघ डोटीले जनाएको छ ।

 

विगत लामो समयदेखि डोटीको भाषा साहित्य कला संस्कृतिको क्षेत्रमा काम गर्दै आएका नेपाली लेखक संघ डोटी र साहित्य प्रतिष्ठान डोटीले डोटी साहित्य उत्सव – २०८१ आयोजना गरेको हो । डोटी साहित्य उत्सव – २०८१ मा भाषा साहित्य कला संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयमा जनप्रतिनिधिसँग बहस हुनेछ । डोटी साहित्य उत्सव – २०८१ कविता उत्सव,गजल उत्सव,मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव हुनेछ । बहसमा शिखर नपाका मेयर दीर्घ बलायर,बोगटान गापाका अध्यक्ष कमल गड्सिला सहभागी हुनेछन् । भने एउटा स्थानीय तहका प्रमुखको टुङ्गो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ । कविता उत्सवमा डडेल्धुराका कवि कैलासकुमार पाण्डेय, डोटीका कवि हिक्मत शाही र तोयानाथ भट्टले कविता सुनाउने छन् । गजल उत्सवमा अछामका गजलकार नवीन चिराग,बझाङका गजलकार लोकेन्द्र बोहरा ‘परिवर्तन’ डोटीका गजलकार रामचन्द्र राणा र कुश्मा भट्टले गजल सुनाउनेछन् ।

 

मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुरका कवि एवम् लेखक कविराज भट्ट, बझाङका गजलकार पूणर् मल्ल, डोटीका कवि डिलबहादुर महारा र कवि एवम् लेखक तीर्थराज भट्टले डोटेली भाषाका रचना सुनाउनेछन् । विजय आउजी, दलदिपेस र सीता साउँदले मुक्तक सुनाउनेछन् । भने गायक गोपाल सुचिकार,शेर साउँद,राम साउँद र हरी सुदामाको पनि प्रस्तुति रहने छ । कार्यक्रममा चर्चित गजलकार गीता स्मृति कठायत, अमर खड्का,हेमा देउवा,हर्क खडायत धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावललगायतका स्रष्टाहरुको पनि प्रस्तुति रहने छ ।

कार्यक्रममा डोटेली लोक साहित्यमा योगदान पुर्याउने पदम्राज जोशीलाई प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार र कवि निर्मलकुमार भण्डारीलाई कवि पूणर्ानन्द भट्ट स्मृति काव्य पुरस्कारबाट सम्मानित गरिने भएको छ । दुबै पुरस्कारको राशी रु ११,१११ रहेको छ ।

नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठान डोटीले आयोजना गरेको उत्सवमा सुदूरपश्चिमका तीन दर्जनभन्दा बढी साहित्यकारहरुको सहभागिता रहने नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउँदले बताए ।

आयोजकले बिभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकारहरुलाई आमन्त्रण गरेको छ । आमन्त्रण गरेका साहित्यकारहरुमा डडेल्धुराका कवि कैलाश कुमार पाण्डेय, गजलकार निर्मला बोगटी ,गजलकार एवंम कवि हेमा देउवा, कैलालीका लेखक गडसेरी माईला, कञ्चनपुरका कवि कबिराज भट्ट, बैतडीका लेखक देबेन्द्र भट्ट,कैलालीका साहित्यकार पदमराज जोशी प्रभात,निर्मलकुमार भण्डारी अछामका नविन चिराग, गायक तथा गजलकार राम साउँद, बझाङका गजलकार पुणर् मल्ल, गजलकार लोकेन्द्र बोहरा परिवर्तन र बाजुराका आख्यानकार हर्क खडायतको सहभागितामा साहित्य उत्सव हुन लागेको आयोजकले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.