भदौ १३,डोटी : भागेश्वर सालमुनि यातायात प्रालीले बुधवार दिपायल बजारमा इलेक्ट्रोनिक भ्यानहरू सार्वजनिक गरेको छ।
दिपायलको पिपल्ला बजारमा एक कार्यक्रमको आयोजना गर्दै कार्यालयको उद्घाटन सँगै इलेक्ट्रोनिक भ्यानहरू सार्वजनिक गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काले डोटीमा यातायात प्राली थपिनु सबैका लागी राम्रो कुरा भएको बताए । सञ्चालन आएका भ्यानहरूले आगामी दिनमा यात्रुहरूलाई दिने सेवामा विशेष ध्यान दिने कुरामा विश्वत रहेको बताए ।
वातावरण अनुकूल भएकोले इलेक्ट्रोनिक भ्यान यात्रुहरूको रोजाइमा पर्ने गरेको भागेश्वर सालमुनि यातायात प्रालीका अध्यक्ष रवि भण्डारीले बताए।
अध्यक्ष भण्डारीका अनुसार बजारमा प्रालिले सार्वजनिक गरेका भ्यानको मूल्य ५७ लाख परेको बताए । नयाँ सञ्चालनमा आएका गाडीहरूले तत्काल भाडादर पुरानै कायम रहने जनाएको छ।
शुक्रवार देखि नियमित बिहान ६:४० बजे दिपायलबाट, ७:३०बजे सिलगढी बाट र ८:३० बजे शान्तिनगरबाट सालमुनि प्रालिले सेवा दिने अध्यक्ष भण्डारीले बताए । १५ सिट पास भएको उक्त इलेक्ट्रोनिक भ्यान सञ्चालनको शिवपुरी यातायात प्रणालीसँग सहकार्य गरिएको छ । प्रालिको टिकट काउन्टर सिलगढी र दिपायलमा रहने जनाएको छ ।