Sujang

गौरा पर्वले समाजलाई एकताको सूत्रमा बाँधेको छ : परराष्ट्रमन्त्री राणा

Ban

भदौ १२, कैलाली :नेपाली काङ्ग्रेसकी नेतृ तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एकताको सूत्रमा बाँधेको  बताएकी छन् । गौरा पर्व मनाउन धनगढी पुगेकी मन्त्री राणाले गौराको पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन् ।

Posan
Krishi

उनले गौरा पर्वलाई समृद्धिको पर्वको रूपमा समेत रहेको बताइन् । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढीस्थित घरमा आउने गरेको बताउनुहुँदै उनले भनिन् ,धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यस पटक पनि गौरा पूजनका लागि धनगढी आएको छु । शनिवारदेखि आफूले गौराको व्रत बसेको बताउँदै  उनले कार्य व्यस्तताका कारण यस पटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताइन् । गौराले सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताइन् ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए ।

स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री राणाले घरमा पुग्ने बित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजा अर्चना समेत गरेकी थिइन् । उनले निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरूले देउडा खेल्नुका साथै तथा  गौरा पर्व सम्बन्धी फाग, अठेवाली समेत गाएका थिए । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.