Sujang

सुदूरपश्चिमको प्रदेश राजधानी दिपायल बनाउन रास्वपा डोटीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन

भदौ ७ गते ,डोटी : सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश राजधानी डोटीमा कायम गर्न माग गर्दै डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको रास्वपाका जिल्ला संयोजक केशवबहादुर बलायरले जानकारी दिए ।

देशको समानुपातिक विकास गर्न साविकका ५ वटा विकास क्षेत्रको सदरमुकाम आन्तरिक सुरक्षा, भूगोल, अन्तर्राष्ट्रिय सीमा मापदण्डअनुसार पर्ने ठाउँलाई तोकिएको तर संघीयता आएपछि प्रदेश राजधानी तोक्ने क्रममा डोटीलाई अन्याय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैले दिपायल राजधानीको विषयमा पुनर्विचार गरिनुपर्ने माग गरिएको छ । हाल कायम भएको सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको व्यापक विवाद भएको ज्ञापनपत्रमा उल्लेख छ ।

दिपायलमा भने साविकका क्षेत्रीय निर्देशनालयका भवनहरु प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.