Sujang

सेती नदिमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

Ban
भदौ ६ गते ,डोटी : डोटी स्थित सेती नदीमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । शिखर नगर पालिका –६ तलकोट बस्ने सक्राम लुहारको छोरा अन्दाजी २८ वर्षको कैलाश लुहारको शव फेला परेको हो ।
दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्की पुल नजिकै सेती नदीमा फेला परेको शवलाई सशस्त्र प्रहरी, नेपाल प्रहरीले निकाकाले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल शव गृहमा खारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.