भदौ ५ गते ,डोटी : डोटीमा आफ्नै श्रीमानले धारिलो हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको पुर्बीचौकी गाउँपालिका – ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीय श्रीमान् पदि साउँदले आफ्नै घरआगनमा बसिरहेको बेला अन्दाजी ४५ वर्षकी श्रीमती नरु साउँदलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
बुधवार ४ बजे तिर उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक ईश्वरी दत्त पाण्डेको नेतृत्वमा गएको टोलीले साउँदलाई नियन्त्रणमा लिएको जनाएको छ ।
।
थप अनुसन्धानको लागि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको कमान्डमा ८ जनाको टोली पुगेर अनुसन्धान थालेको छ ।