Sujang

आर्थिक अभावले उपचार गर्न नसकेका नर पार्किलाई ५१ हजार सहयोग

साउन १० ,डोटी : आर्थिक अभावमा समयमै उपचार नपाएका ५२ वर्षीय नरी पार्किको  उपचारका लागि ५१ हजार रुपियाँ सहयोग गरिएको छ ।

केआईसिंह गाउँपालिका -५ रानागाउँ निवासी पार्की आर्थिक अभावले प्यारालाइसिसको उपचारमा समस्या  भएको सामाजिक सञ्जाल राखे पछि विभिन्न व्यक्तिहरूको सहयोगमा उठेको रकम बुधवार उनलाई हस्तान्तरण गरेको सामाजिक क्षेत्रमा क्रियाशील आर एन खड्काले बताए ।

पार्किको आर्थिक अभावका कारण लामो समय देखि  उपचारमा समस्या भएको थियो ।

देश विदेश बस्ने विभिन्न मनकारीबाट संकलन भएको रकम उनी बस्ने ठाउँमा लुधियान पन्जाबमा गएर ५१ हजार ६ सय ११ रुपैयाँ बुझाएको खड्काले बताए ।

उपचारका लागि मनकारीले आर्थिक सहयोग जुटाइदिएकोमा उनकी श्रीमती खेमा पार्किले धन्यवाद दिईन।

उनले भनिन् ,’आर्थिक अवस्था निक्कै कमजोर छ । हामीलाई  पाल्ने श्रीमान् नै रोजगारीका लागि भारत आउँदा यस्तो बिरामी हुनुभयो । उनलाई हिँडडुल गर्न गाह्रो भएर आफुपनी भारत आएकी हुँ।’
उनले श्रीमानको उपचारमा सहयोग गरिदिन सबैमाअपिल गरिन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.