Sujang

आगलागीमा मृत्यु भएकी महिलाको परिवारलाई बिमा वाफतको ५ लाख ५० हजार रकम हस्तान्तरण

साउन ८ गते ,डोटी : आगलागीमा मृत्यु भएकी महिला कामदारका परिवारलाई बिमा वाफत ५ लाख ५० हजार रकम हस्तान्तरण गरिएको छ ।

मंगलबार शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर मार्फत शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखाले बिमा बाफतकोे चेक मृतकका छोरालाई हस्तान्तरण गरेको हो ।

शिखर नगरपालिका–४ सेलपुङ्गाकी ४१ वर्षीय चन्द्रा देवी भण्डारी सिंचाई योजनामा काम गर्ने क्रममा २०८० चैत्र १५ गते गागलागीमा परी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा चैत्र १६ गते धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको थियो ।

पालासैन सामुदायिक वनमा लागेको डढेलोले सिंचाई योजनाको कुलो खन्ने क्रममा भण्डारीलाई जलाएको थियो ।

उक्त सिंचाई आयोजना निर्माण कम्पनी ओम सिमाइल कन्ट्रक्सनले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखामा सामुदायिक दुर्घटना बिमा गरेको थियो । आयोजना निर्माणका क्रममा कामदारको दुर्घटना भयो वा घाइते भयो भने बिमाले उक्त रकम व्यहोर्ने गर्दछ।

निर्माण कम्पनीले बिमा दाबी गरे पछि सामुदायिक दुर्घटना बिमा अन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखाका प्रमुख गोकर्ण खड्काले बताए ।

निर्माण कम्पनी र बिमा कम्पनीले कामदारको बिमा गरेका कारण मृतकका परिवारलाई ठूलो राहत मिलेको नगर प्रमुख बलायरले बताए । मृतकका परिवारलाई नगरले घटना देखि नै सहयोग गर्दै आएको बताउँदै थप सहयोग गर्ने बताए।

Salmuni
Leave A Reply

Your email address will not be published.