

साउन ३ गते ,डोटी : डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जना घाइते भएका छन् । बिहीबार जिल्लाको केआईसिंह गाउँपालिका– ३ बासुदेबीमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक डडेल्धुराका २४ वर्षीय दशरथ कठायत गम्भीर घाइते भएका छन् भने रोल्पाका १६ वर्षका रेख बहादुर पुन मगर सामान्य घाइते भएका जनाएको छ ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि दिपायल पठाइएको स्थानीय कबिन्द्र बडैलाले बताए ।
सुु.प.प्र. ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।
