Sujang

बझाङमा देब्रे हात भाँच्चिएका बालकको दाहिनेमा प्लास्टर

Ban
साउन २, बझाङ : बझाङमा देब्रे हात भाँच्चिएर उपचारका लागि अस्पताल पुगेका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गर्दै आएका छन्। अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्यालको देब्रे हात भाँच्चिएकोमा दाहिने हातमा प्लास्टर गरिएको हो । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुगाएका थिए। सोमबार दिउँसो अस्पताल पुगाएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखा परेको थियो ।

भाँच्चिएको हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताएका छन् । पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले गल्ती स्वीकार गरेका छन् । ती बालकलाई बुधबार  घर पठाएको अस्पतालले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.