Sujang

डोटी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Ban

रश्मि कुँवर,असार २७ गते ,डोटी :डोटी जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । बुधवार जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा बिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

Posan

जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
मलासीले भने ‘ सबैको सहयोगबाट हामीले सबै बालबालिकालाई खोप लगाउन सफल भएका छौँ ।’

Krishi

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंहको अध्यक्षतामा भएको घोषणा समारोहमा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक खगेन्द्र बम, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, जिल्ला समन्वय समिति उप-प्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजी सिह खड्का लगायतको उपस्थिति रहेको थियो । डोटी जिल्लालाई पहिलो पटक २०७५ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो ।

 

यस वर्ष पनि जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । विभिन्न रोगहरू विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरूले लगाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको बताए । पुर्णखोप सुनिश्चितता गर्नका लागी सक्रिय रूपमा काम गर्ने नौ जना स्वास्थ्यकर्मी र दुई जना महिला स्वास्थ्य स्वयम सेबिकालाई सम्मान गरिएको छ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै एक समारोहका बिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले नै प्रत्येक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी व्यवस्था गरेको र विश्व स्वास्थ्य सङ्गठनको प्रावधान अनुसार पनि बर्सेनि पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

 

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.