असार २६ गते, डोटी : शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले विरामीहरुलाई फलफुल वितरण गरेकी छिन् ।
आफनो जन्मदिनको अवसरमा सुजंग अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेकी हुन् ।
अस्पतालको प्रसूति र इमर्जेन्सी वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाएकी हुन् ।
विरामीहरुलाई फलफूल दिँदै उनले विरामीहरुको स्वास्थ्य लाभको कामना गरिन् ।
त्यस्तै जन्म दिनको अवसरमा उप प्रमुख जाेराले डाेटी बहुमुखी क्याम्पसको महिला छात्रा वासमा तीन कार्टुन सेनिटरी प्याड समेत वितरण गर्नु भएको छ ।