Sujang

सुचनामा आम नागरिकको सहज पहुँच हुन आवश्यक छ- श्रेष्ठ

गणेश मौनी,असोज १२ ,डोटी –डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सार्वजनिक सरोकारका हरेक सुचनामा आम नागरिकको सहज पहुच हुनुपर्ने कुरामा जोड दिएकी छन् ।

बुधबार अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी तथा सञ्चारकर्मिहरु संग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिएकी हुन् ।

कार्यक्रमा बोल्दै प्रजिअ श्रेष्ठले सार्वजनिक सेवा प्रदायक निकायले त्रैमासिक रुपमा सुचना सार्वजनिक गर्नुपर्ने, सुचना माग गर्ने पत्रकारहरुले मात्र हो अरुले होईन भन्ने बुझाई छ यसमा आम नागरिक जानकार हुनुपर्ने बताईन् ।

आम नागरिक सञ्चारकर्मिले प्रबाह गर्ने सुचनामा भर पर्ने भएकोले सुचना जहीले पनि सत्य तथ्य र विश्वसनिय हुनुपर्ने कुरामा समेत जोड दिएकी हुन् । सार्वजनिक सेवा प्रबाह गर्ने निकायमा सुचना माग भई आएमा सुचना अधिकारीले आवश्यक सुचनाहरु सत्य तत्थ र समयमै उपलब्ध गराउनु पर्ने समेत बताईन् ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले डोटी जिल्लाका स्थानीय तहहरुमा सुचना ब्यवस्थापनको अवस्था राम्रो नभएको, सुचना माग गर्दा समयमा, सुचना तथा जवाफ नआउने, स्थानिय सरकारले नियमीत रुपमा गर्नुपर्ने सुचनाहरुको सार्वजनिकीकरण, सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण लगाएतका कार्यहरुमा ढिलाशुस्ती हुने गरेको गुनासो गर्नुका साथै स्थानीय सरकारले सुचना ब्यवस्थापनको पाटोलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको सुझाब समेत दिएका थिए ।

डोटी जिल्लामा सुचना प्रबाहको अवस्था र कानुनी प्राबधानको बारेमा पत्रकार रामहरी ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुचनाको हक सम्बन्धी ऐन २०६४ ले सुचना अधिकारी तोक्ने, सार्वजनिक सरोकारका सुचनाहरु कुन कुन उपलब्ध गराउन मिल्ने वा नमिल्ने, सुचना नदिएमा, गलत सुचना सुचना अधिकारीलाई कस्तो कारबाही हुने, सुचनाहरु नियमीत रुपमा सार्वजनिक गर्नुपर्ने, सुचनाको प्रयोग, गोपनियताको अवस्था लगाएतका सबै कुराहरुको प्राबधान गरिएको छ ।

७५ औँ संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँचको लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेपश्चात यस दिवसलाई हरेक वर्ष मनाउने गरेको पाईन्छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.