Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले तत्काल राजीनामा नदिने

Ban
Krishi

असार २३, धनगढी :सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ साेडारीले तत्काल राजीनामा नदिने भएका छन्।

एमालेले सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री साेडारी अल्पमतमा परेका छन्। अल्पमतमा परेका मुख्यमन्त्री साेडारीले साउनमा विश्वासको मत लिने तयारीमा छन्।

मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सो अवस्थामा विश्वासको मत प्राप्त गर्न नसके साेडारी नेतृत्वको सरकार ढल्नेछ। बहुमत गुमाइसकेको अवस्थामा पनि साेडारी भने विश्वास मत पाउने दावी गर्छन्।

पछिल्लो राजनीतिक परिस्थितिमा फेरबदल आएपनि आफूले राजीनामा नदिने साेडारीले बताए। नेकपा एमाले र कांग्रेसका नेता भने उनकाे राजीनामा माग गरिरहेका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता समेत रहेका सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ।

अहिलेकाे अवस्थामा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, नेकपा एसका चार, दुई जना नागरिक उन्मुक्ति सासंद र एक जना स्वन्त्र सासंदकाे समर्थन रहेको देखिन्छ।

नेकपा एमाले र कांग्रेससँग सरकार गठनका लागि सहजै बहुमत छ। कांग्रेस र एमालेका सासंद प्रदेश सरकार गठका लागि छलफल छन्। कांग्रेसका १८ र एमालेका ११ जना सासंद रहेका छन्। नागरिक उन्मुक्तिका ७ मध्ये दुई जना अल्पमतकाे सरकारमा छन्। पाँच जना प्रतिपक्षमा छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.