Sujang

दिपायलमा जेबी आयल पेट्रोल पम्प सञ्चालनमा

असार १९ ,डोटी :  भौतिक संरचना निर्माण भएको लामो समय पछि दिपायलमा बुधवार देखि जेबी आयल स्टोर सञ्चालनमा आएको छ । दिपायल सिलगढी नगरपालिका – ४ सुनगडामा पेट्रोल पम्प सञ्चालनमा आएको हो ।

युवा व्यवसायी प्रकाश कपड्यालले जेबी आयल स्टोर सञ्चालनमा ल्याएका हुन् ।
करिब ६ करोडको लगानीमा पेट्रोल पम्प सञ्चालनमा आएको सञ्चालक कपड्यालले बताए ।

सधैँ इन्धन अभाव भइरहने डोटीमा दोस्रो आयल स्टोर सञ्चालनमा आए पछि सेवाग्राही खुसी भएका छन् ।

पम्पमा डिजेल तथा पेट्रोलका साथै आगामी दिनमा इलेक्ट्रोनिक गाडी चार्ज गर्ने लगायतका सुविधा सञ्चालनमा आउने उनले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.