विक्रम खड्का ,असार १६ ,डोटी :स्वराेजगार सृजनाको थालनी गरेपछि त्यसले पूर्णता पाउनेमा नगर वासिलात ढुक्क रहन दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का ‘विजय’ले आग्रह गर्नु भएको छ ।
‘श्रमको सम्मान राष्ट्रको अभिनय’ भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको आयोजनामा रोजगार संवाद मञ्च गठन तथा रोजगार रणनीति तर्जुमा सम्बन्धी सरोकारवाला सँगको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् ।
कुनै पनि व्यक्तिले स्वरोजगार बन्न सिप सिकेर आत्मनिर्भर रहनु सबै भन्दा ठुलो कुरा भएको बताउँदै रोजगारी सृजना गर्ने कार्यको अभियान नगर सरकारले गरिरहेकोले भविष्यमा गएर आत्मनिर्भर बन्न सहयोग पुग्ने खड्काले बताए ।
छलफल कार्यक्रममा रोजगार संवाद मञ्च र रोजगार मस्यौदा रणनीति तर्जुमा समिति गठन गरी नगरपालिका भित्रको बिषेशत स्वरोजगार सृजनाको विषयमा छलफल गरी अगाडी बढ्न यी समिति गठन गरिएको दिपायल सिलगढी नगरपालिका स्वरोजगार शाखा प्रमुख टेकराज भण्डारीले बताए ।
नगर प्रमुख खड्काको अध्यक्षतामा सञ्चालन गरिएको रोजगार संवाद मञ्च गठन तथा रोजगार रणनीति तर्जुमा सम्बन्धी सरोकारवाला सँग छलफल कार्यक्रममा दिपायल सिलगढी नगर पालिकाको उप-प्रमुख कलावती महर साउद,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,वडा सचिव,नगरपालिका सम्पूर्ण शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, हाेटल व्यवसायि संघका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।