असार १६ गते ,कञ्चनपुर : फरवार्ड माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था महेन्द्रनगर शाखाले बृक्षरोपण गरेको छ ।
आइतबार गुरुकुल इन्टरनेशनल स्कुलको हातामा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले एक कार्यक्रमका बिच बृक्षरोपण गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अनुरूप बृक्षरोपण कार्यक्रम गरिएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय महेन्द्रनगर प्रमुख दीपक बहादुर शाहीले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्जा बिमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढी पीडितमा परेका सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पीडित हुँदा आर्थिक सहयोग लगायतका सुविधा संस्थाले दिदैं आएको प्रमुख शाहीले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै जानुपर्ने गुरुकुल इन्टरनेशनलका प्रधानाध्यापक प्रभात चन्दले बताए ।
आम र लिचीको बोटाहरु स्कुल हातामा रोपिएको शाखा प्रमुख शाहीले बताए ।
बृक्षरोपण कार्यक्रममा संस्थाका शाखा प्रमुख शाही ,संस्थाका कर्मचारी कविता पन्त,राम बहादुर चौधरी ,मिना चन्द ,आरती चौधरी तथा गुरुकुल स्कुलका प्राध्यानाध्यापक चन्द लगायतको सहभागिता रहेको थियो ।