Sujang

डोटीमा बजार अनुगमनबाट १५ हजार बराबरको म्याद गुज्रेको खाद्य सामाग्री बरामत गरी नष्ट

Ban

गणेश मौनी,असार १३ ,डोटी:दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६ सिलगढीमा गरेको संयुक्त बजार अनुगमनबाट १५ हजार बराबरको म्याद गुज्रेका खाद्य सामाग्रीहरू बरा मत गरी नष्ट गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाकी नगर उप प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक कलावती महर साउँदको संयोजकत्व तथा सरोकारवाला निकायहरूको उपस्थितिमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा भेटिएको म्याद गुज्रेको खाद्य सामाग्रीहरू नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियम विपरीत मूल्य, म्यान नाघेका चिज बस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको उप प्रमुख कलावती महर साउँदले बताइन् ।

Krishi

उनले भनिन अनुगमन कार्य नियमित रूपमा हुँदा म्याद नाघेका सामाग्रीहरू नहुनुका साथै कालोबजारी नियन्त्रण हुने बताइन् । बजार अनुगमनका क्रममा खाद्य पर्दाथ सुजी, मसालाहरू, बिस्कुटहरू बढी मात्रामा म्याद गुज्रेका भेटिने गरेको समेत बताइन् ।
ग्रामीण क्षेत्रमा कालोबजारीको रूपमा कुनै पनि व्यापारीले नियमन विपरित डिजेल, पेटा«ेल र म्याद गुज्रेका सामाग्रीहरू बिक्री वितरण गर्न नपाउने अनुगमन टोलीमा सहभागी करदाता सेवा कार्यालय डोटीका निमित्त प्रमुख वीर बहादुर ठगुन्नाले बताए ।
संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, ब्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मुल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको थियो ।

नगर उप प्रमुखको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमन कार्यमा प्रहरी, प्रशासन, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, स्वास्थ्य कार्यालय, पत्रकार, उद्योग वाणिज्य सङ्घ, साना तथा घरेलु उद्योग विकास कार्यालय, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.