Sujang

महिलाहरूको क्षमता विकास तथा हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ban

गणेश मौनी,असार १२ डोटी:डोटीको दिपायल सिलगढी नगरपालिकाले महिलाहरूको क्षमता विकास  तथा हिंसा न्यूनीकरण सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम वडा नम्बर ७ मा मङ्गलवार सम्पन्न गरेको छ ।

Krishi

महिला सँग उपमेयर कार्यक्रम अन्तरगत महिलाहरूको क्षमता विकास गर्नुका साथै लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् ।
गाउँघरमा हुने गरेका हिंसाका प्रकृतिको बारेमा सबै महिलाहरूलाई जानकारी हुन आवश्यक रहेको  दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती महर साउदले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख महर साउँदे महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै हिंसा न्यूनीकरणमा सहजता होस भन्ने हेतुले नगरका सबै वडाहरूमा महिलाहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरूको आयोजना गरिएको बताइन् ।  नगरपालिका अन्तरगतका सबै वडाहरूमा कार्यक्रम सम्पन्न पश्चात् अन्तिम वडाको रूपमा कार्यक्रमको आयोजना गरिएको समेत जनाइएको छ ।

अभिमुखीकरण कार्यक्रममा छाउपडी प्रथा, लैङ्गिक हिंसा, सामाजिक कुरीति बाल विवाह, बहुविवाह, छाउपडी प्रथा, लैङ्गिक विभेद, लागु पर्दाथ दुर्व्यसनी लगायतका विषय बस्तुमा छलफल भएको थियो ।
वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, वडाका कर्मचारी, सबै टोलबाट महिलाहरूको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.